बिर्तामोड, चैत २६ । मावन बेचविखन, ओसारपसारविरुद्ध काम गर्दै आएको एबिसी नेपाल झापाको अध्यक्षमा कञ्चना ढकाल सिटौला पुनः निर्वाचित भएकी छन् ।

संस्थाको शुक्रबार सम्पन्न साधारणसभा तथा अधिवेशनले सिटौलालाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।


समितिको उपाध्यक्षमा रेखा अधिकारी, सचिवमा देबका निरौला बस्नेत, सहसचिवमा उमा शिवाकोटी र कोषाध्यक्ष इन्दिरा न्यौपाने चापागाईं चयन भएका छन् । साधारणसभाले यसअघि संस्थाको नेतृत्व गरेकी सिटौलाको समितिमा रहेका पदाधिकारीलाई पनि पुनः सोही जिम्मेवारीमा सर्वसम्मत चयन गरेको हो ।
समितिको सदस्यहरुमा सदस्य ज्योति न्यौपाने, संगिता रौनियार, रिता कोईराला, नम्रता रिजाल, उर्मिला खरेल र सुष्मा पौडेल रहेका छन् ।
त्यस्तै संघीय सांसद हर्कमाया विकलाई सल्लाहकारमा चयन गरिएको अध्यक्ष सिटौलाले जानकारी दिइन् । बिर्तामोड नगरपालिका वडा नं. ५ निवासी विक यसअघि संस्थाको सदस्यको जिम्मेवारीमा रहेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्