झापा, चैत २७ । नेकपा एमाले केन्द्रीय सल्लाहकार एवं पूर्व पोलिटव्युरो सदस्य नरेश खरेलले पार्टी परित्याग गर्दैछन् ।

अहिले बिर्तामोडमा पत्रकार सम्मेलन गरी उनले पार्टी परित्यागको घोषणा गर्न लागेका हुन् । ०२७÷०२८ को ऐतिहासिक झापा बिद्रोहका योद्धा, नेपालको कम्युनिष्ट आन्दोलनका अथक योद्धा, सादगी नेता, सादा जीवन उच्च विचारको धनी, खरेल यसअघि एमाले १नं प्रदेश कमिटीका सहईञ्चाज रहेका थिए ।

केही दिन अघि एमालेकी नेतृ चन्द्रा श्रेष्ठले पनि पार्टी परित्याग गरेकी थिइन् । उनीसंगै खरेलले पनि पार्टी परित्याग गरी स्वतन्त्र बस्ने घोषणा गर्न लागेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्