झापा, चैत्र २७ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टीका सांसद् ढाकाकुमार श्रेष्ठमाथि भएको घटनाले संसद्को सम्मानमा परेको चोटप्रति क्षमा मागेका छन् ।

सोमबार संसद बैठकमा बोल्दै सांसद् परियारले श्रेष्ठको सार्वजनिक टेलिफोन संवादलाई गम्भीररुपमा लिएको बताए । परियारले यो घटनाले आफूहरू कत्ति पनि विचलित नहुने जिकिर गरे। श्रेष्ठको घटनाले संसद्को सम्मानमा परेको चोटप्रति क्षमा माग्दै परियारले भने,‘यो संसद्को गरिमा बढाउने अभियानमा हामी अछुणर् रहनेछौं । यो घटनाले हामीलाई कत्ति पनि विचलित गर्ने छैन भन्ने जानकारी गराउन चाहन्छु । ’ ‘टेलिफोन संवादलाइ गम्भीररुपमा लिएको छ । छानविन पूरा नभएसम्म साधारण सदस्य समेत नरहने गरि निस्काशन गरिएको छ,’उनले भने,’हाम्रो पार्टीले विधि,विधानलाई मान्छ । सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई मान्छ । यो घटनालाई राष्ट्रिय स्वतन्त्र पार्टीले गम्भीर रुपमा लिएको छ । नेपालको राजनीतिमा यो घटना पहिलो भने होइन । यस्ता सबै घटनाको सत्यतथ्य छानविन हुनुपर्छ । ’रास्वपा सांसद ढाकालले आफू स्वास्थ्यमन्त्री बन्न व्यापारी दुर्गा प्रसाईसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्