बिर्तामोड, बैशाख १८ । वीरता जेसीजले अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न सहयोग गरेको छ ।

यसक्रममा जेसीजले अपाङ्ग बाल सरोकार केन्द्रका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो । विज्ञानराज पौडेल कार्यक्रम संयोजक रहेको कार्यक्रमको प्रमुख अतिथि नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ रहेका थिए । अध्यक्षता गर्दै जेसीज अध्यक्ष घनश्याम चौधरीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको विशेष अतिथि अपाङ्ग बाल सरोकार केन्द्रका कृष्ण दुलाल रहेका थिए । विज्ञानराज पौडेलले स्वागत गरेको कार्यक्रमको संचालन बसन्त ढकालले गरेका थिए भने आस्था वाचन अजय अधिकारीले गरेका थिए ।

त्यस्तै वीरता जेसीजले अपाङ्गता भएका व्यक्तिलाई १५ जोर पोशाक वितरण गरेको छ । बिर्तामोड अपाङ्गता स्वाबलम्बन संस्थाको कार्यालयमा पुगेर जेसीजले सो सहयोग गरेको हो । जेसीज अध्यक्ष चौधरीको अध्यक्षता तथा बिर्तामोड ४ का वडा अध्यक्ष राहुलकुमार शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक शत्रुधनप्रसाद गुप्ताले स्वागत मन्तव्य राखेका थिए । बिर्तामोड अपाङ्गता स्वाबलम्बन संस्थाका अध्यक्ष दीपक थापाको विशेष आतिथ्य रहेको कार्यक्रमको संचालन विज्ञानराज पौडेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्