झापा , बैशाख २१ । भारतका प्रसिद्ध गायक पापोनले काठमाडौंमा सांगीतिक कार्यक्रम गर्ने भएका छन् ।

उनी सांगीतिक प्रस्तुतिका लागि नेपाल आउन लागेका हुन् । नेपालमा उनको यो पहिलो प्रस्तुति हो । उनको यो विशेष कन्सर्ट सोल्टी होटेलस्थित प्रिवे क्लबमा वैशाख २२ गते हुनेछ । लोकप्रिय गायक पापोन आफ्नो भावपूणर् र मनमोहक प्रस्तुतिका लागि परिचित छन् । उनका ‘जिएक्यूँ’ र ‘मोहमोह के धागे’ जस्ता प्रसिद्ध गीतहरूको हृदयस्पर्शी संस्करणहरु उत्कृष्ट मानिन्छ । पापोनले असमिया लोक संगीत र समसामयिक विधाहरूको अद्वितीय संयोजनसहित विश्वभरिका लाखौं उत्साहीहरूको मन जितेका छन् । सांगीतिक कार्यक्रमको आयोजना ’लिक्विड इन्टेलिजेन्स’ क्रिएटिव मिडिया एजेन्सीले आयोजना गरेको हो । कार्यक्रमबारे उत्साहित पापोनले भने, ‘काठमाडौंमा प्रस्तुति दिने कुराले म निकै खुशी छु।’ बलिउड संगीत जगतमा पनि आफ्नो जादु देखाएका उनले दर्शकलाई भव्यताका साथ आकर्षित गरेर मनोरञ्जन गराउँछन् । काठमाडौँमा उनले आफ्ना नयाँ सिर्जनाका साथै आफ्ना प्रख्यात हिट गीत प्रस्तुत गर्नेछन् । उनलाई १२ जना वाद्यवादक र संगीतकारहरूले साथ दिँदै प्रस्तुति जीवन्त बनाउनेछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्