झापा , बैशाख २१ । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वगृहन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीकले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् ।

बिहीबार विज्ञप्ति जारी गर्दैै उनले लामो समयदेखि आफूविरुद्ध तथ्यहीन प्रचार भइरहेको उल्लेख गरेका छन् । उनले अनुुसन्धानमा सघाउने समेत बताएका छन् । “मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा पनि झुटो आरोपसहित मेरो नाम जोडिएको प्रति खेद प्रकट गर्दै खण्डन गर्दुछु ,” विज्ञप्तिमा उल्लेख छ, “तर, संवेदनशील विषय भएकाले आरोप लगाइएका विषयमा सम्बन्धित निकाय, न्यायालयप्रतिको आस्था र सम्मानस्वरूप अनुसन्धान प्रक्रियालाई इमानदारीपूर्वक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्