एजेन्सी । कुनै पनि जानकारी नदिई साउदी अरब गएको भन्दै पेरिस सेन्ट जर्मन (पिएसजी)ले अर्जेन्टिनी कप्तान लियोनेल मेसीको करार नवीकरण नगर्ने संकेत गरेको छ ।

गत आइतबार लोरेन्टविरुद्ध ३-१ को अप्रत्यासित हार ब्योहोरे पछि क्लबलाई कुनै पनि खबर नै नगरी साउदी अरब गएको भन्दै उनलाई २ साताका लागि निलम्बनमा राखेको खबर सेलाउन नपाउँदै पिएसजीले आफना स्टार खेलाडी मेस्सीको करार नबिकरण नगर्ने तयारी गरेको हो । साउदीका पयर्टन दूतसमेत रहेका मेस्सीलाई दुई हप्ताका लागि बेतलबी रूपमा निलम्बन गर्ने निणर्य यसअघि नै गरिसकेको अवस्थामा यो खबर बाहिरिएको हो। पिएसजीमा मेसीको करार यो सिजनको अन्त्यमा समाप्त हुँदैछ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुई हप्ताको निलम्बनमा परेका मेसीले अब पीएसजीको खेलाडीका रूपमा तीनवटा खेल मात्र खेल्न पाउनेछन् । मेस्सीलाई नविकरण गर्ने कि नगर्ने भन्नेमा पिएसजी भित्र छलफल चलिरहेको बेला यो अप्रत्याशित खबर आएको हो। मेसीलाई पुनः अनुबन्ध गर्नका लागि बार्सिलोनाले पनि छलफल चलाइरहेको छ भने उनमाथि लागि इन्टर मियामी र साउदी क्लब अल-हिलालले पनि चासो देखाएका छन्। धेरै जसोले मेस्सी साउदी क्लब अल हिलाल जान सक्ने अनुमान गरेका छन्। उनी माथि अल हिलालले करोडौं खर्च गर्न चाहेको यसअघि नै सार्वजनिक भइसकेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्