झापा, बैशाख २८ । विराटनगरमा छोराले चलाएको मोटरसाइकल दुर्घटनामा परी आमाको मृत्यु भएको छ ।

मोरङको रङेली नगरपालिका-५ धनापट्टीमा छोराले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा पछाडि बसेकी आमाको मृत्यु भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठका अनुसार प्रदेश १-०२-०४९ प ७८३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा हुँदा आमा मानकीदेवी साहको मृत्यु भएको हो । उनका अनुसार गम्भीर घाइते भएकी ५० बर्सिया मानकी देवीको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा बुधवार राति निधन भएको हो । दुर्घटना पछि छोरा २९ वर्षीय दिनेशकुमार साहले उपचारका लागि आमालाई अस्पताल लगेका थिए । उक्त दुर्घटनामा आमा मानकीदेवीको मृत्यु भएपछि छोरामाथि भने अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्