झापा , बैशाख ३० । झापाको बिर्तामोडमा आजदेखि तेस्रो न्यू स्टार अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुँदैछ ।

उद्घाटन खेलमा आयोजक न्यू स्टार क्लब र ताप्लेजुङ जिल्ला फुटबल संघबीच प्रतिस्पर्धा हुँदैछ । बिर्तामोड ७ खोपबाडीस्थित सुन्दरडाँडा खेलमैदानमा सञ्चालन हुने गोल्डकपको विजेताले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी पाउने छ ।

क्लबका अध्यक्ष कृष्णप्रसाद लिम्बूका अनुसार गोल्डकपमा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको उपविजेताले नगद १ लाख १ हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । यस्तै, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, गोल्डकपकै उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले जनही ५–५ हजार पाउने अध्यक्ष लिम्बूले जानकारी दिए । यस्तै, प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद ३ हजारसहित ट्रफी पाउँदा फाइनल खेलको म्यान अफ दी म्याचले नगद ५ हजार र ट्रफी पाउने छ । प्रतियोगितामा बराह ११ सुनसरीले डिएसए भुटान, रेडहर्ष एफसी इलामले युकेएफसी भारत र जनसहयोग युथ क्लब मोरङले सप्तरीको नवबुद्ध युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल जेठ ६ गते हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्