एजेन्सी । बलिउड बक्स अफिसमा एक हप्तामा कुन चलचित्रले कति कमाई गर्‍यो भनेर सबैको नजर परिरहेको हुन्छ ।

यो साता अपत्यारिलो रूपमा एउटा मलायम फिल्मले बक्स अफिसमा झन्डै १ सय करोडको हाराहारीमा कमाई गरिरहेको छ । एउटा वास्तविक घटनालाई पर्दामा उतारिएको चलचित्र ‘२०१८, एभरीवान इज अ हिरो’ नामक मलायम चलचित्रले अकल्पनीय रूपमा ग्रस कलेक्सन गरे पछि यसको तारिफ गर्नेहरु दिन प्रतिदिन बढेका छन् । सो फिल्म हेरेपछि फिल्म क्रिटिक्सहरुले पनि राम्रो प्रतिक्रिया दिइरहेका छन् । ‘२०१८ः एवरीवन इज ए हीरो’ विश्व भरीका फिल्म घरहरूमा धुम मच्चाउन सफल भएको हो । प्रदर्शनमा आएको ९ दिनमा नै मलायम भाषीहरुबाट लगभग ५.६ करोडको कलेक्सन गरेको छ । मोलीउडको इतिहासमा यो पहिलो पटक यति धेरै कलेक्सन गरेको जनाईएको छ । साथै, विश्वभरीवाट भने ८० करोड भन्दा बढीको कमाई गरिसकेका छ र पब्लिक माउथ प्रमोसनका कारण झन्डै १०० करोडको हाराहारीमा चलचित्रले कमाइ गर्ने निश्चित देखिन्छ । यो फिल्म जूड एन्थनी जोसेफले निर्देशन गरेका हुन । लगभग १२ करोड रुपैयाँमा निमाणर् भएको चलचित्रले १ सय करोड बराबर कमाई गरे पछि यसको झन् चर्चा परिचर्चा सुरु हुन थालेको छ । यो फिल्म केरलामा गएको एउटा बाढीको घटनामा आधारित रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्