झापा , जेठ ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

घर नक्सा पासको लागि सेवाग्राहीसँग घुसररिसवत लिएको आरोपमा सुनसरीको बर्जु गाउँपालिका इन्जिनियर अजयकुमार मेहताविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो । सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको कार्यालय इटहरीबाट खटिई गएको टोलीले इन्जिनियर मेहतालाई बीस हजार रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । मेहतालार्ई बीस हजार बिगोसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना गर्न माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्