झापा , जेठ ११ । ताप्लेजुङमा आज बिहान भएको सवारी दुर्घटनामा परी ५ वर्षीय बालकको मृत्यु भएको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2021/10/61766126059b9_accident32.jpg)
मे १ च ७३५३ नम्बरको जिप दुर्घटना हुँदा फुङलिङ नगरपालिका-६ निवासी सागर गुरुङका ५ वर्षीय छोरा अंशुमान गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बालकका ठूलोबुबा सवारी चालक कृष्णमान गुरुङ घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुली नसकेको र अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।