झापा , जेठ ११ । बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषधसहित एकजना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तेह्रथुम आठराई गाउँपालिका-४ बस्ने १९ वर्षीय अनिश लिम्बूलाई लुपिजेशिक ९ एम्पुल, एभिल १२ एम्पुल, डाईजेपाम ९ एम्पुल र फेनारगन-९ एम्पुलसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्