झापा, जेठ १२ । हिमाली जिल्ला सोलुखुम्बुमा मौसमी रुघाखोकी र निमोनियाको बिरामी बढ्न थालेका छन् ।

मौसममा आएको परिवर्तनका कारण केहिदिन यता रुघाखोकी, ज्वरो र निमोनियका बिरामीको संख्या बढेको अस्पतालले जनाएको छ । जिल्ला अस्पताल फाप्लुको ओपीडीमा आउने बिरामीमा करिब ५० प्रतिशत रुघाखोकी तथा ज्वरोका बिरामी रहेको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले बताइन् । उनका अनुसार ओपीडीमा दैनिक करिब ८०/९० जना बिरामी आउने गरेकोमा ४०/५० जना रुघाखोकीका हुने गरेका छन् । कतिपय जटिल अवस्थामा पुगेका बालबालिकाहरू भर्ना नै गरेर उपचार भइरहेको अस्पतालले जनाएको छ । यता, दुधकाशी सामुदायिक अस्पताल मुक्लीमा पनि रुघाखोकी,ज्वरो र निमोयिका बिरामीको संख्या ह्वात्तै बढेको छ । हाल निमोनियाका विरामीले अस्पतालको ६ वटै वार्ड भरिएको अस्पताल प्रमुख अस्मिता बिष्टले बताइन् । अस्पतालमा रुघाखोकी तथा निमोनियाको समस्या लिएर आउने अधिकां बिरामी बालबालिका रहेको प्रमुख विष्टले बताइन् । मौसम परिवर्तनको समय भएकाले पानी उमालेर मात्रै पिउन, बासी खानेकुराको नखान तथा सरसफाइमा विशेष ध्यान दिन चिकित्सकहरूले सुझाव लिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्