झापा , जेठ १३ । इलामको माई नगरपालिका ८ स्थित सतासी झर्नाको दहमा डुबेर झापा कमल गाउँपालिकाका एक युवकको मृत्यु भएको छ ।

साथीसंग घुम्न गएका कमल गाउँपालिका – ५ पाडाजुँगीका २१ वर्षिय निश्चल भण्डारीको दिउँसो १२.१० बजे डुबेर मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा माथिबाट डाईब हानी पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट टोली खटीगई जिल्ला प्रहरी कार्यालय इलामसंग समन्वय गरी शव पानीबाट निकालेर पोस्टमार्टमको लागि दमक हस्पिटल पठाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्