झापा,जेठ १३ । नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी सवारी दुर्घटनामा घाइते भएका छन् ।

आज साँझ ६.३० बजे अर्जुनधारा ६ स्थित आफ्नै घरअगाडि मे १प ११११ नं को मोटरसाइकलमा रहेका चौधरीलाई मे १ ख २५७० नं को मिनी बसले ठक्कर दिएको हो ।

बिर्तामोड–शनिश्चरे सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मिनी बस तीब्र गतिमा आउँदै गरेको देखेर तर्केर बाटोमुनि झर्दासमेत बसले ठक्कर दिएको घाइते चौधरीले बताए । हेल्मेट लगाएकाले टाउकोमा चोट लाग्न नपाएको तर , घुँडामा चोट लागेको उनले बताए । घाइते चौधरीको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको छ । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्