भद्रपुर, जेठ २४ । भद्रपुर १० मा रहेको साना किसान चन्द्रगढीले वित्तीय साक्षरता तथा क्षमता अभिवृद्धि एवं पशु तथा बाली संरक्षणसम्बन्धी तीनदिने अभिमुखीकरण सम्पन्न गरेको छ ।

साना किसान कृषि सहकारी संस्थाको आयोजना तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोगमा जेठ २२ गतेबाट सुरू भएको तालिमको समापन भद्रपुर नगर प्रमुख गणेश पोखरेलले गरेका थिए ।

तालिमको सहजीकरण बचत तथा ऋण सहकारी संंघका केन्द्रीय सञ्चालक सदस्य तथा कोशी प्रदेश संयोजक घनश्याम अधिकारी, साना किसान कृषि सहकारीका देवी कोइराला, नगर सहकारी शाखा प्रमुख नेत्र पोखरेल, नेप्सुनका कार्यक्रम अधिकृत मुकेश दाहालले गरेका थिए ।
समापन कार्यक्रममा भद्रपुर ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, सहजकर्ता घनश्याम अधिकारी, भद्रपुर १० नम्बर वडा सचिव मनकुमार डाँगीलगायतले मन्तव्य राख्दै तालिम फलदायी हुने विश्वास व्यक्त गरेका थिए ।

संस्थाकी अध्यक्ष देवीमाया अधिकारीको अध्यक्षता तथा उपाध्यक्ष दुर्गा निरौलाले सञ्चालन गरेको कार्यक्रममा सहकारीमा आबद्ध १२७ समूहबाट सदस्य छनौट गरी प्रतिनिधिमूलक सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्