झापा, जेठ २५ । बिर्तामोड १० स्थित महेन्द्रज्योति माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक मखनबहादुर गुरुङको गएराति निधन भएको छ ।

बिर्तामोड १० सापडिग्री निवासी गुरुङको करिव ८० वर्षको उमेर आफ्नै निवासमा निधन भएको महेन्द्रज्योति माविका प्रधानाध्यापक जयकुमार झाले बताए । उनी २०४४ देखि २०६८ सम्म महेन्द्रज्योति माविको प्रधानाध्यापक रहेका थिए । त्यसपछि उनी सेवानिवृत भएका थिए । पूर्व प्रअ गुरुङ मुटु र कलेजोको समस्याबाट पीडित थिए । उनको आज बिहान ११.३० बजे उपवनमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्