झापा , जेठ २५ । सरकारले असार १ गतेदेखि सडक खन्न रोक गरेको छ ।

c

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले असार १ गेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । वर्षायममा धारा, ढल, बिजुली टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिदै जाने भएकाले सडक खन्न रोक लगाइएको कार्यालयले जनाएको छ । ’यही २०८० साल असार १ गतेदेखि २०८० साल भाद्र मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने र कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिनेछ, ’ सडक विभागले जारी गरेको सूचनामा भनिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्