एजेन्सी । उत्तर अमेरिकाका दशौँ लाख मानिस वायु प्रदषणको शिकार भएपछि उनीहरुलाई एन-नाइन्टी फाइभ मास्क लगाउन आह्वान गरिएको छ ।

न्युयोर्कमा हिजोदेखि निःशुल्क मास्क वितरणसमेत सुरु गरिसकेको बीबीसीले जनाएको छ । जो-कोहीले पनि गुणस्तरीय मास्क लगाएर मात्र बाहिर निस्किन स्थानीय सरकारले आग्रह गरेको छ । पछिल्लो हप्ता क्यानडाका जंगलमा फैलिएको डढेलोबाट निस्किएको धुँवाले लाखौँ मानिसमा श्वासप्रश्वासमा समस्या देखिएपछि मास्क लगाउन आह्वान गरिएको हो । अधिकारीहरुका अनुसार न्यूयोर्कमा झण्डै १५ हजार मानिस विस्थापित भइसकेका छन् । क्यानडाका जंगलमा केही दिनदेखि लागेको डढेलोले अहिलेसम्म ३८ लाख हेक्टर वन सखाप भएको छ । डढेलो निभाउन अमेरिकाले ६ सयभन्दा बढी अग्निनियन्त्रक क्यानडा पठाइएको छ। डढेलोले क्यानडामा १ लाख २० हजार मानिस विस्थापित भएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्