एजेन्सी । फ्रान्सका कप्तान काइलियन एमबाप्पेले पेरिस सेन्ट जर्मन (पीएसजी)का पूर्वसहकर्मी लियोनल मेसीले फ्रान्समा पाउनुपर्ने सम्मान नपाएको बताएका छन् ।

अर्जेन्टिना कप्तान मेसीले गत साता पीएसजी छोड्ने पुष्टि गर्दै आफ्नो नयाँ गन्तव्य अमेरिकी मेजर लिग सकर (एमएलएस)को क्लब इन्टर मियामीमा अनुबन्धित हुने सार्वजनिक गरेका थिए । सन् २०२१ मा स्पेनिस क्लब बार्सिलोनाबाट पीएसजी आएपछि मेसीले एमबाप्पेसँग फ्रान्समा दुई सिजन सहकर्मीको रूपमा बिताएका थिए । पीएसजीका फरवार्ड एमबाप्पेले एक इटालियन समाचार संस्थासँगको कुराकानीमा मेसीले फ्रान्समा स्तरअनुसारको सम्मान नपाएको प्रतिक्रिया दिएका हुन् । “फुटबलको इतिहासमा उनी महान् खेलाडीमध्येका एक हुन् । मेसीजस्तो खेलाडीले छोडेर जानु कहिल्यै पनि सुखद समाचार होइन । मेसी गएकोमा धेरै मानिसहरूले राहत गरिरहेको कुरा म बुझ्नै सकिरहेको छैन । मेसीले फ्रान्समा उनको स्तरअनुसारको सम्मान पाउन सकेनन्,” एमबाप्पेले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्