झापा, असार ९ । साफ च्याम्पियनसिप फुटबलको १४औं संस्करणमा नेपालले उपाधि जित्ने सम्भावना समाप्त भएको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2023/06/game-1.jpg)
लगातार दोस्रो हार ब्यहोरेपछि नेपाल उपाधि होडबाट बाहिरिएको हो । नेपाली टोली शनिबार भएको आफ्नो दोस्रो खेलमा आयोजक राष्ट्र भारतसँग २—० गोलले पराजित भयो ।
यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली कुवेतसँग ३—१ गोलले पराजित भएको थियो । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप भारतको बैंगलोरस्थित कांतिराव स्टेडियममा सञ्चालन भइरहेको छ ।
घ
रेलु टोली भारतले दुबै गोल खेलको दोस्रो हाफमा गरेको थियो । पहिलो गोल सुनिल क्षेत्रीले गरेका थिए । उनले पहिलो गोल निर्धारित समयको ६१औं मिनेटमा गरेका थिए । दोस्रो गोल खेलको ७०औं मिनेटमा महेश सिंहले गरेका थिए ।
समूह ‘ए’ बाट भारत र कुवेत सेमिफाइनलमा पुग्ने निश्चित भएको छ । कुवेतले आफ्नो दोस्रो खेलमा पाकिस्तानलाई ४—० गोलले हराएको थियो । भारतले पनि आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ४—० गोलले नै पराजित गरेको थियो । नेपालले समूहगत चरणको अन्तिम खेल पाकिस्तानसँग खेल्नेछ । तर, नेपाल र पाकिस्तान दुबै टोली उपाधि होडबाट बाहिरिसकेका छन् ।