झापा, असार २७ । गएरातिदेखि परेको अबिरल वर्षाका कारण गौरादह नगरपालिका– ५ चप्रामारी डुब्बाटोलीका १३ घर डुबानमा परेका छन् ।

चान्दु खोलाको बाँध नाघिआएको पानी बस्तीमा पस्दा १३ परिवारको घरआँगनमा अन्दाजी २ फिट जति पानी पसेको छ । गौरादह– ५ चप्रामारी डुब्बाटोली बस्ने जनरा खातुन, मोहमद ताजुकदिन मिया,मोहमद शमशेर मिया, मोहमद अकवर मिया, नकुल राजवंशी,जंगबहादुर राजवंशी, फूलकुमारी शर्मा,मदनलाल शर्मा , तेजु शर्मा,वलिभद्र राजवंशी,राजकुमार खड्का , भिमप्रसाद राजवंशी र भरतलाल शर्माको घर डुबानमा परेको हो ।
डुबानबाट धनजनको क्षति नभएको र पानी घट्ने क्रममा रहेको प्रहरी चौकी महारानीझोडाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्