झापा, असार २८ । झापामा मोटरसाइकल र अटो एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका– ३ निवासी ४० वर्षीय उपेन्द्र सिग्देल रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । प्रहरीका अनुसार बिहीबार बिहान शिवसताक्षी नगरपालिका– १ स्थित कमल पुलमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०१–००२ ह २६७ नम्बरको अटो र सोही दिशातर्फ आउँदै गरेको मे ७ प ८५९४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी सोही मोटरसाइकलको पछाडि सवार सिग्देलको टाउकोमा गम्भीर चोट लागेको र उनको लाइफलाइन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको होे । मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका– ११ निवासी ५७ वर्षीय जीवन सुबेदीको बायाँ खुट्टा र बायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । अटो चालक ३० वर्षीय श्यामसुन्दर महतोलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्