बुद्धशान्ति, असार २८ । झापाको मेचीनगरमा पिकअप बोलेरो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मेची राजमार्गअन्तर्गत उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको पिकअप बोलेरोले मेचीनगर– १२ धाइजनस्थित रीतिका डेरीनजिकै ठक्कर दिँदा करिव ४० वर्षिय राजन विकको मृत्यु भएको हो । दुर्घटनापछि गाडी फरार भएको छ । अहिले घटनास्थल तनावग्रस्त बनेको छ । स्थानीयले प्रहरीलाई शव उठाउन दिएका छैनन् । घटनास्थलमा आक्रोशित स्थानीयले शवलाई घेरेर प्रदर्शन गरिरहेको एक प्रत्यक्षदर्शीले बताएका छन् । जसकारण मेची राजमार्ग अवरुद्ध बनेको छ । घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ । ठक्कर दिने गाडीको खोजी भइरहेको र बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्