झापा, साउन १० । गएराति झापाको सुरुङ्गा बजारमा जंगली हात्ती आएपछि स्थानीय त्रसित भएका छन् ।

राति ९.४५ बजे कनकाई – ३ स्थित पूर्व पश्चिम राजमार्गको सुरुङ्गा पुल छेउमा एउटा जंगली हात्ती आएपछि स्थानीयले ईलाका प्रहरी कार्यालय सुरुङ्गामा जानकारी गराएका थिए ।

त्यसपछि ईप्रका बिर्तामोडबाट प्रहरी नायव उपरीक्षक सुरज कार्कीको टोली, सशस्त्र प्रहरी बल शनिश्चरे बेस क्याम्पबाट सशस्त्र प्रहरी नायव निरीक्षकको टोली, ईप्रका सुरुङ्गाबाट प्रहरी सहायक निरीक्षकको टोली र स्थानीय मानिसहरुको सहयोगमा उक्त हात्तीलाई सुरुङ्गा बजार हुँदै राति १२.२० बजे कन्काई सामुदायिक बनतर्फ धपाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो हात्तीबाट कुनै पनि क्षति नभएको डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्