झापा , साउन १० । नेपालबाट धेरै निकासी हुने वस्तुमा अलैची पनि पर्छ ।

भखरै सकिएको आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालले विश्वका विभिन्न मुलुकमा ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँभन्दा बढी मूल्यको ९ हजार ९९१ मेट्रिक टनभन्दा केही बढी अलैंची निर्यात गरेको अभिलेख भन्सार विभागसँग छ । आव २०७९/८० को निर्यात अघिल्लो वर्षको तुलनामा मूल्यका हिसाबले ७१ दशमलव ९५ र परिमाणका हिसाबले ८६ दशमलव १५ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७८/८९ मा नेपालबाट ४ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ मूल्यको ५ हजार ३६७ मेट्रिक टन अलैची निर्यात भएको देखिन्छ । अचम्मको सत्य चाहिँ नेपालबाट निकासी हुने अलैंचीको शतप्रतिशत जस्तो भारत जान्छ । गत आर्थिक वर्षमा निकासी भएको अलैंचीको ९९ दशमलव ५५ प्रतिशत अंश भारत गएको देखिन्छ । गतवर्ष भारतमा ८ अर्ब २५ करोड ५९ लाख रुपैयाँ मूल्यको ९ हजार ९४६ मेट्रिक टन अलैंची निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्