बिर्तामोड , साउन १४ । बिर्तामोड नगरपालिका–६ बुट्टावारीमा आज बिहान मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।


मृत्यु हुनेमा झापा अर्जुनधारा नगरपालिका–११ का २८ वर्षीय पुकार के.सी. रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका के.सीलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । बिहान ४ बजेतिर के.सी.ले चलाएको प्रदेश १–०२–०४३ प ८४७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट पल्टिएको थियो । सो मोटरसाइकल ट्रकसंग ठोक्किएर दुर्घटनामा परेको आशंकामा घाग्रा पुलनजिकबाट एउटा ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्