झापा , साउन १६ । आफ्नै नाबालिका छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई ५२ वर्षभन्दा बढी कैद सजायको फैसला भएको छ ।

१० वर्षभन्दा कम उमेरकी आफ्नै छोरीलाई जबरजस्ती करणी गर्ने सोलुदुधकुण्ड नगरपालिकाका ३५ वर्षीय पुरूषलाई सोलुखुम्बु जिल्ला अदालतले ५२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो । गुरुङ थरका ती युवकलाई ५२ वर्ष ६ महिना कैद सजाय फैसला भएको स्रेस्तेदार नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए । ती पुरूषविरुद्ध ३ वटा कसुरमा सरकारी वकिलबाट सजायको माग दाबी गरिएको थियो । ३ वटै कसुरमा सजायको फैसला भएको स्रेस्तेदार कालाखेतीले बताए । उक्त मुद्दा हाल उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगामा साधक जायरका लागि पेश भएको सोलुखुम्बु जिल्ला अदालतले जनाएको छ । अभियुक्त गुरुङलाई कैद भुक्तानका लागि जिल्ला कारागार सल्लेरी चलान गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्