झापा , साउन १६ । झापाको बुद्धशान्तिमा एक पुरुष मृत अवस्थामा फेला परेको छ ।

बुद्धशान्ति गाउँपालिका–४ स्थित हाँपेन चोक अन्दाजी ४० वर्षीय पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । मृतको पहिचान भने खुलेको छैन । मृतक पुरुष तराई मूलको जस्तो देखिने कालो, निलो रङ्गको जिन्सको पेन्ट, आकाशे रङ्गको भेष्ट लगाएको अवस्था फेला परेको हो । उनको शव घोप्टो अवस्थामा रहेको र घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्