कुमरखोद, साउन १६ । झापा गाउँपालिकाले डेंगी रोग रोकथाम र नियन्त्रणका लागि सचेतनामूलक र प्रचारात्मक अभियान मंगलवारदेखि शुरु गरेको छ ।

डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि सोमवार भएको सरोकारवालासंगको बैठकमा पालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले डेंगी रोग नियन्त्रण र रोकथामका लागि लामखुट्टेको बासस्थान नष्ट गर्ने तथा समुदायमा सचेतना फैलाउने खालका कार्यक्रम संचालन गरिने बताएकी थिइन् ।

डेंगी रोग नियन्त्रण र रोकथामका लागि झापा गाउँपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुले मंगलवार विभिन्न वडाहरुमा गएर लामखुट्टे बस्ने सम्भावित बासस्थानहरु नष्ट गरेका छन् । साथै उनीहरुले स्थानीयवासीहरुलाई डेंगी रोग लामखुट्टेको टोकाईबाट सर्ने भएकाले घरवरिपरि सफा राख्न र खाल्डाखुल्डीमा जमेको पानीमा माटो हालेर पुर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्