झापा , साउन १७ । ऐतिहासिक विराटपोखरी रहेको बिर्तामोड ३ स्थित विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिको विवाद ८ महिनापछि सल्टिएको छ ।

इन्द्रप्रसाद प्रसाई र आकाश उप्रेती अध्यक्ष रहेका दुईवटा समिति क्रियाशील रहेपछि विवाद उत्पन्न भएको थियो । समानान्तर रुपमा रहेका दुईवटै समितिलाई राखेर सहमति गराइएको हो । हाललाई इन्द्रप्रसाद प्रसाईलाई अध्यक्ष कायम गरेर दुई वर्षपछि आकाश उप्रेतीलाई अध्यक्ष बनाउने गरी सहमति गराइएको बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले बताए ।

बैठकले इन्द्रप्रसाद प्रसाईको अध्यक्षतामा उपाध्यक्षमा आकाश उप्रेती , सचिव जगन्नाथ भट्टराई , सहसचिव अर्जुन उप्रेती र कोषाध्यक्षमा विन्दा खरेल भएको सर्वसम्मत समिति निर्माण गरेको छ । गत माघ ७ गते आयोजित छैठौं अधिवेशनमा इन्द्रप्रसाद प्रसाई , आकाश उप्रेती र इन्द्रनारायण प्रसाईले अध्यक्षमा उम्मेदवारी दिएपछि विवाद उत्पन्न भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्