झापा, साउन १८ । दक्षिणी झापाको कचनकवल नाकाबाट फेरि तस्करी सुरु भएको छ । यसक्रममा सशस्त्र प्रहरीले सोही नाकाबाट अवैध रुपमा भन्सार छलेर भित्र्याएको १२ बोरा सुर्ती बरामद गरेको छ ।

पथरिया बगानदेखि धरान चल्ने यात्रुवाहक बसमा हालिएको सुर्तीजन्य पदार्थ सशस्त्र प्रहरीले कचनकवल– ६ स्थित बनियानी चोकबाट बरामद गरेको हो।

पथरिया बगानबाट आउँदै गरेको बुलेट नामक रातो बसलाई बिहान करिब साढे ५ बजे चेकजाँच गर्दा बसभित्र बेवारिसे अवस्थामा राखिएको १२ बोरा अर्थात् २ लाख मूल्यको सुर्तीजन्य पदार्थ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गरिएको बोरामा भारतीय ब्रान्डका बादशाह सुर्ती रहेको छ । बरामद गरिएको सुर्तीलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय बुझाइने सशस्त्र प्रहरी बल नम्बर २ गण झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्