झापा, साउन १९ । चलचित्र ‘कबड्डी–४’ की सहनिर्माता सुष्मा गुरुङले फिल्म निर्माता अनमोल गुरुङमाथि एक करोड ठगीको उजुरी हालेकी छन् ।

भारतको गान्तोक सदर पुलिस स्टेशनमा सुस्मा प्रोडक्सनकी निर्माता सुस्मा गुरुङले अनमोलमाथि एफआइआर दर्ता गरेकी हुन् ।

दुई वर्षअघि बनेको नेपाली कथानक चलचित्र ‘कबड्डी–४’ मा दयाहाङ राई, बुद्दि तामाङ, विजय बराल, मिरुना मगर, सौगात मल्ल लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा त्यो वर्षमा धेरै कमाउने फिल्मको पहिलो नम्बर ‘कबड्डी ४’ देखिएको थियो । फिल्मले २१ करोड ३८ लाख रुपैयाँ ग्रस कमाएको रिपोर्टमा उल्लेख छ । फिल्मको टिकट ७ लाख ६६ हजार बिक्री भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्