झापा , साउन २१ । नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसीपमा सहभागी हुँदैछ ।

यही साउन १७ देखि २८ गतेसम्म स्कटल्याण्डको ग्लास्गोमा हुने प्रतियोगितामा समान एक–एक पुरुष/महिला खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । पुरुषमा सुरज रानामगर तथा महिलामा उषा खनालले एउटै स्पर्धा एमटिबी क्रस कन्ट्रीमा प्रतिस्पर्धा गर्नेछन् । दुवै खेलाडी १९औँ एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । उषाले १३औँ दपिषण एसियाली खेलकुदमा एमटिबी क्रस कन्ट्रीमै रजत जितेकी थीन् । यसैगरी टोली व्यवस्थापकमा नेपाल साइक्लिङ संघका महासचिव रञ्जन राजभण्डारी छन् । टोली आज स्कटल्याण्ड प्रस्थान गर्नेछ । सहभागी टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बिहीबार बिदाइ गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्