झापा , साउन २१ । सभामुख देवराज घिमिरेले भारतको उत्तराखण्डमा पर्ने रुद्रप्रयाग जिल्लाको गौरीकुण्डमा पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै सभामुख घिमिरेले बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय प्रशासनसँग आग्रह समेत गरेका छन् । मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि भारतीय प्रशासनसँग आग्रह गर्दछु’, सभामुख घिमिरेले भनेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्