बिर्तामोड, साउन २२ । भिभो कम्पनीको नयाँ वाई २७ मोडल मोवाइल फोन बिर्तामोडमा बिक्री शुरु भएको छ ।

भिभो मोवाइल कम्पनीको बिर्तामोडका लागि आधिकारिक बिक्रेता फिल नेपाल मल्टी टे«ड कन्र्सनले आइतवार उक्त मोबाइल फोन सार्वजनिक गरेको हो ।

६ जिबी र्याम र १२८ जिबी इन्टरनल मेमोरी रहेको उक्त मोवाईल फोनको मूल्य २३ हजार ९९९ रुपैयाँ रहेको कम्पनीका टेरीटोरी सेल्स मेनेजर निरोज सिटौलाले जानकारी दिए । उक्त मोबाइल फोनमा ५० मेघा पिक्सेलको ब्याक क्यामेरा र ८ मेघा पिक्सेलको फ्रन्ट क्यामेरा रहेको जनाइएको छ । भिभो कम्पनी र मोबाइल फोनको बारेमा कम्पनीका एरिया सेल्स मेनेजर निमेश घिमिरेले जानकारी दिएका थिए ।

भिभो कम्पनीको नयाँ वाई २७ मोडल मोबाइल सार्वजनिक कार्यक्रममा मोबाइल बिक्रेताहरुसँग अन्तरक्रियासमेत गरिएको थियो । कार्यक्रममा बिर्तामोडका भिभो मोवाइल कम्पनीको बिर्तामोडका लागि आधिकारिक बिक्रेता फिल नेपाल मल्टी टे«ड कन्र्सनका सञ्चालक खगेन्द्र नेपाल, हिमाल प्रसाईलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्