झापा ,साउन २२ । राष्ट्रिय जनमुक्ति पार्टीसहित छ वटा घटकले आह्वान गरेको कोशी प्रदेशअन्तर्गत लिम्बुवान क्षेत्र बन्दले पूर्वमा आज बिहानैदेखि यातायातका साधन चल्न सकेका छैनन् ।

बन्दका कारण झापामा यातायातका साधन फाट्टफुट्ट मात्र चलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।
ऐतिहासिक सन्धि सम्झौतालाई कार्यान्वयनसहित कोशी प्रदेश पुनःनामांकन गर्न दवाबस्वरुप आज एकदिने बन्दको घोषणा गरेको हो । त्यस बन्दप्रति प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष जिल्ला समन्वय समिति झापाले पनि ऐक्यवद्धता जनाएको छ । अध्यक्ष पाण्डवलाल चौधरी र सचिव सेसेहाङ फियाकले विज्ञप्ति जारी गरी बन्दप्रति आफ्नो समर्थन जनाएका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्