झापा, साउन २२ । झापाको दमकमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा दमक ९ चिया बगान बस्ने २२ वर्षिय रोहित गौतम रहेका छन् । हिजो बिहान १०.३० बजेको समयमा दमक ९ चिया वगानमा प्रतिबन्धित लागूऔषध ब्राउनसुगर बिक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले गौतमलाई शंकित अवस्थामा फेला पारी चेकजाँच गर्दा उनले लगाएको पाईन्टको गोजीमा प्लाष्टिकसहित १ ग्राम ७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई ईप्रका दमकमा ल्याई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्