झापा, साउन २३ । नेपाल उमा कुङ्फु सङ्घको आयोजनामा छैटौँ राष्ट्रिय उमा कुङ्फु प्रतियोगिता भदौ २२ गतेदेखि सुरु हुने भएको छ ।

प्रतियोगितामा सातवटै प्रदेशबाट विभिन्न ३३ जिल्लाका करिब दुई सय जना खेलाडीको सहभागिता रहने जानकारी आयोजक सङ्घका अध्यक्ष सिद्धार्थ लामा तामाङले दिए । प्रतियोगितामा सान्डा र प्याटर्नमा गरी कूल ४७ स्पर्धा समावेश गरिएको छ । सान्डा र प्याटर्नमा उत्कृष्ट हुने पुरुष तथा महिला खेलाडीलाई जनही १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको मुख्य जजमा अन्तर्राष्ट्रिय निर्णायकद्वय  सिद्धार्थ लामा तामाङ र संजीतकुमार राई रहेका छन् । अन्य जजमा कमल मगर, रमेश महर्जन, भूपेन्द्र गुरुङ र मुन्नी सुवेदी तामाङ रहेका छन् । श्याम डंगोल, मनोज विन्दुकार, सुदेन गुरुङ, सञ्जयराज पटुवार, कुसुम तामाङ, सरिना घले, सुनिता श्रेष्ठ, पासाङ तामाङ, रविन पुटुवार, सिवान सुनुवार, निराजन मुक्तान, मनीष पुटुवार र श्रृषा खनालले रेफ्रीको भूमिका निर्वाह गर्नेछन् । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न आयोजक नेपाल उमा कुङ्फु संघले शिवकुमार कुँवरलाई संयोजकको जिम्मेवारी दिएको छ । दुई दिने उक्त प्रतियोगिताका खेलहरु तार्केश्वर नगरपालिकाको जरंकुमा हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्