झापा, साउन २३ । नेपाल राष्ट्र बैंकले एयरलाइन्स कम्पनीहरूले सेवा आयात गर्नका लागि पाउने अमेरिकी डलरको सटही सुविधा वृद्धि गरेको छ ।

सोमवार एकीकृत निर्देशन २०७९ संशोधन गर्दै राष्ट्र बैंकले एयरलाइन्स सञ्चालकहरूले सेवा आयात गर्दा पाउदै आएको ५० हजार डलर सटही सीमा एक लाख पुयाएको हो ।यसैगरी राष्ट्र बैंकले डकुमेन्ट अगेन्स्ट पेमेन्ट (डिपिए), डकुमेन्ट अगेन्स्ट एसेप्टेन्स (डीएए) मार्फत आयात गर्दा दिँदै आएको सटही सीमा पनि बढाएको छ । निर्देशन अनुसार यसअघि डिपिए र डीएएमार्फत आयात गर्न ५० हजार डलरको सीमा तोकिएकोमा बढाएर ६० हजार पुर्‍याएको छ । यसैगरी डिएएमार्फत भारतबाट ३ करोड भारूसम्मको आयात गर्न पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्