झापा, साउन २३ । विराटनगरमा साइकलबाट लडेर घाइते भएका एक भारतीय नागरिकको मृत्यु भएको छ ।

भारतको अररियाका ३५ वर्षीय गोपाल मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । साइकलमा यात्रा गरिरहेका मण्डल विराटनगर महानगरपालिका-१८ लाभाघाटमा सोमबार राति करिब ८ः१५ बजेतिर लडेर घाइते भएका थिए । उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मंगलबार बिहान २ः१५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन (मापसे) गरेर साइकल चलाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्