बिर्तामोड , साउन २४ । एकीकृत सम्पत्ति करमा गरिएको अत्यधिक बृद्धिको विरोधमा राजनीतिक दलहरु उत्रिएपछि बिर्तामोड नगरपालिकाले त्यसबारे पुनरावलोकन गर्ने भएको छ ।

करबृद्धिको चौतर्फी विरोध भएपछि बिर्तामोड नगरपालिकाले करसम्बन्धी सर्वपक्षीय छलफल गर्ने भएको हो ।
बिर्तामोड नगरपालिकाले भोलि बिहीवार दिउँसो २ बजे करसम्बन्धी छलफल गर्न सर्वपक्षीय बैठक बोलाएको राप्रपा नगर अध्यक्ष रन्जु प्याकुरेलले जानकारी दिइन् ।

करबृद्धिको विरोधमा उत्रिएका आन्दोलनरत राजनीतिक दलहरुले बिर्तामोड नगरपालिकाले बृद्धि गरेको एकीकृत सम्पत्ति करको बिषयमा अध्ययन गर्न केही दिनअघि अध्ययन समिति बनाएका थिए । त्यसअघि गत सोमवार नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्र , राप्रपा , एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई करबृद्धिको विरोधमा ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्