झापा , साउन २५ । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) विरूद्ध तेस्रो चरणको आन्दोलनको घोषणा गरिएको हो। घोषित कार्यक्रमअन्तर्गत माइतिघर मण्डलामा धर्नादेखि लिएर शिक्षण संस्था बन्द गराउने सम्मका रहेका छन्। आज काठमाडौं पत्रकार सम्मलेनको आयोजना गर्दै समितिका संयोजक निर्मल सापकोटाले सरकारका कारण आफूहरूको १५ अर्बभन्दा बढि लगानी जोखिममा पारेको बताए । राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ गठन भएदेखि हालसम्म २२८ शिक्षण संस्था बन्द भएको बताए । जसमा सीटीईभीटी अन्तरगतका प्रिडिप्लोमा तहका स्वास्थ विषयका १३७ वटा र स्टाफ नर्स ७३ वटा, विश्वविद्यालय अन्तर्गत स्नातक तहका बिएन १० र बिएस्सी नर्सिङ ८ वटा संस्था बन्द भएको बताए। उनीहरूले निरङ्कुश, स्वेच्छाचारी चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने, सीटीईभीटीको तुरुन्त पुनःसंरचना हुनुपर्ने माग अघि सारेका छन्।

त्यस्तै आयोग र सीटीईभीटीको बदनियतले बन्द भएका नर्सिङ कल्जहरूमा तत्काल भर्ना खोल्नुपर्ने, कलेज बन्द हुँदा रोजगारी खोसिएका पेशाकर्मी तथा कर्मचारीहरूको रोजगारीको ग्यारेन्टी गर्नुपर्ने लगायतका माग अघि सारेका छन्। आन्दोलनमा जानु आफूहरूको रहर नभई बाध्यता रहेको संयोजक सापकोटाले बताए । यो समस्या समाधानका लागि सरोकारवाला निकायसँग २०७६ सालदेखि नै छलफल गरिरहेको तर राज्यले नसुनेपछि अहिलेको समस्या आएको बताए। साउन २८ गते बाध्य भएर देशभरका सबै शिक्षण संस्थाहरू बन्दको आयोजना गरिएको बताए । यसअघि दुई चरणका आन्दोलनका कार्यक्रम गर्दा पनि राज्य मौन बसेको उनको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्