झापा, साउन २६ । अन्न भण्डारको उर्वरभूमि मानिने झापामा यस वर्षको रोपाइँ सकिएको छ ।

झापामा ८७ हजार ५ सय हेक्टर खेतीयोग्य जमिनमध्ये ९८ प्रतिशतमा धान रोपाइँ भएको हो । साउन २५ गतेसम्म ९८ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । एकाध किसानले केही खुट्टीमा खरियन रोप्न बाँकी रहेपनि करिब करिब रोपाइँ सकिएको उनले बताए । जिल्लामा शतप्रतिशत रोपाइँ नहुने गरेको उनको भनाई छ ।

कोशी प्रदेशमा साउनको चौथो सातासम्म ९० प्रतिशत धान रोपाइँ भएको छ । गत वर्ष यस अवधिमा ८८ प्रतिशत धान रोपाइँ भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्