झापा, साउन २६ । झापा जिल्लामा डेंगी संक्रमितको संख्या ७२७ पुगेको छ ।

दिन प्रतिदिन डेंगी संक्रमितको संख्या बढ्नेक्रममा साउन २५ गतेसम्म संक्रमितको संख्या त्यति पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। संक्रमितमध्ये १०४ जना अस्पतालमा भर्ना भएको स्वास्थ्य कार्यालय झापाका अधिकृत विश्वनाथ श्रेष्ठले बताए ।

साउन महिनामा डेंगी संक्रमणबाट बिर्तामोड ५ मा दुई जनाको मृत्यु भइसकेको छ । बिर्तामोड नगरपालिकाले डेथ सर्टिफिकेटसहित डेंगी संक्रमणबाट दुई जनाको मृत्यु भएको रिपोर्टिङ गरेपनि स्वास्थ्य कार्यालयले त्यसलाई आधिकारिकता प्रदान गरेको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्