एजेन्सी । दैलेख जिल्ला घर भएकी एक किशोरीलाई चाईल्ड लाइन, दिल्ली पुलिस र किन इन्डियाको संयुक्त प्रयासमा नयाँ दिल्ली रेलवे स्टेसनबाट उद्धार गरिएको छ।

किन इन्डियाका प्रमुख नवीन जोशीका अनुसार एकजना व्यक्तिले राम्रो काम लगाइदिने र फिल्ममा समेत काम दिने लालच दिएर उक्त बालिकालाई रेल मार्फत बोलाएको हुनाले उनी घरमा कसैलाई नभनी घरबाट हिँडेको थिइन् । मुम्बई जान हिँडेकी उनलाई मुम्बईमा कुन ठाउँ जाने भन्ने समेत जानकारी थिएन । उनलाई सम्पर्क गरेको एउटा मोबाइल नम्बर थियो तर अहिले उक्त नम्बर बन्द छ । बालिकालाई अहिले नेपाली राजदूतावास नयाँ दिल्लीको समन्वयमा सीडब्लुसी मा पेश गरी सुरक्षित आवास गृहमा राखेर परामर्श गरिँदै छ भने कानुनी प्रक्रिया पूरा गरी स्वदेशफीर्ति गराइने किन इन्डियाका नेपाल संयोजक तथा अधिकारकर्मी ईन्द्रराज भट्टराईले जानकारी गराएका छन् । यसै गरी उनले कुनै पनि सामाजिक सञ्जालबाट लोभ लालच दिएर बोलाउँदा विश्वास नगर्न र घर परिवारको जानकारी बिना कहीँ कतै नजान महिला तथा बालबालिका अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्