झापा , साउन २८ । पाँचथरमा प्रतिबन्धित ब्राउनसुगरसहित प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फिदिम नगरपालिका-७ का रुपन राई रहेको जिल्ला प्रहरी कार्यलय पाँचथरका सूचना अधिकारी मिलन थापाले जानकारी दिए । उनलाइ फिदिमबाट इलामतर्फ आउँदै गरेको मे ३ प २०२४ नम्बरको मोटरसाइकलबाट पक्राउ गरिएको थापाको भनाइ छ । शुक्रबार पक्राउ परेका राईलाई जिल्ला अदालत पाँचथरबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्