बनियानी, साउन २९ । दक्षिणी झापाको कचनकवल गाउँपालिकाले आज सोमबार स्थानीय बिदा दिएको छ ।

गाउँपालिकाले हिजो सूचना जारी गर्दै आज बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।
कचनकवल– १ स्थित भुतेश्वर महादेव शिवालय मन्दिरमा प्रत्येक साउनको अन्तिम सोमबार स्थानीय मेला लाग्ने गरेकोले गाउँपालिका कार्यालयसहित सबै शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायतका सम्पूर्ण सरकारी कार्यालयहरू बन्द रहने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्