झापा , साउन ३१ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दा लाग्ने रोयल्टी रकम बढ्ने भएको छ ।

सगरमाथा आरोहण गर्न वसन्त ऋतु (स्प्रिङ सिजन) मा विदेशी नागरिकका लागि ११ सय अमेरिकी डलर लिँदै आएकोमा ३ सय डलर बढाएर १५ सय अमेरिकी डलर आरोहण शुल्क लिने गरी कानुनी प्रवन्ध गर्न लागिएको छ । विभागका महानिर्देशक लुइँटेलका अनुसार पर्वतारोहण सम्बन्धी (छौटौ संशोधन) नियमावली, २०५९ लाई संशोधन गर्न लागिएको छ । सन् २०१५ जनवरी १ देखि कायम भएको हिमाल आरोहण अनुमति शुल्क विभागले ९ वर्षपछि परिवर्तन गर्न लागेको हो । पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ संशोधनको तयारी गरिरहेको विभागले सगरमाथालगायत अन्य हिमालहरूको आरोहणमा लाग्ने अनुमति शुल्क बढाउने निणर्य गरेको महानिर्देशक लुइँटेलले बताए । हिमाल चढ्दा लाग्ने रोयल्टी बढाउने गरी नियमावली संशोधन भइरहेको छ, उनले भने, यही महिनाभित्र नयाँ रोयल्टीसहित नियमावली संशोधनको तयारीमा छौं । सबै हिमाल आरोहण अनुमतिको रोयल्टी बढाउने गरी नियमावली संशोधन गरेको उनले बताए । यसैगरी विभागले नियमावली संशोधन पश्चात् शरद ऋतु (अटम सिजन) मा सगरमाथा आरोहण दस्तुर ७ हजार ५ सय अमेरिकी डलर लिन लागिएको महानिर्देशक लुइँटेलले बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्